अ-
अ+
डाउनलोड एप
Back
सार्वजनिक लेखा समिति

परिचय

सार्वजनिक लेखा समिति प्रदेश सभाको एक महत्वपूर्ण समिति हो । यसले सरकारका आर्थिक गतिविधिहरुको निगरानी गरी आर्थिक सुशासन कायम गराउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सरकारको नीति निर्माण तहदेखि तिनको कार्यान्वयनको चरण र कार्यसम्पन्न भए पश्‍चात खर्चको यथार्थ अवस्थाको निगरानी गरी सार्वजनिक काम कारबाहीमा पारदर्शिता, मितव्ययीता, जवाफदेहिता, औचित्यता र प्रभावकारिता कायम गराउने गर्दछ ।

विश्ष ईतिहास हेर्ने हो भने सार्वजनिक लेखा समितिको गठन बेलायतमा सन् १८६१ मा भएको थियो । उक्त समितिले गैरराजनीतिक रूपमा काम गर्ने अपेक्षा गरिएको थियो । राज्यकोषको खर्च सभाले चाहेबमोजिम होस् भनी त्यसको सुनिश्चितता गर्नु र सरकारी कोषको प्रभावकारी र मितव्ययितापूर्वक खर्च भएनभएको जाँच पड्ताल गर्नु सार्वजनिक लेखा समितिको प्रमुख कार्य हो । बेलायतमा स्थापित परम्परा अनुसार सार्वजनिक लेखा समितिको सभापति सभामा विपक्षी दललाई दिने गरिएको छ।

सीमित समयमा विभिन्न समूहमा कार्य विभाजन गरी पर्याप्त अध्ययन र छलफल गरेर नतिजामुखी कार्य गर्नका लागि संसदीय समितिहरू गठन गरिन्छ । कानून बमोजिम सभाका सदस्यहरु मध्येबाट गठन भएका स-साना समूहहरु नै संसदीय समितिहरु हुन् । यस्ता समितिहरुमा दलीय राजनीति भन्दा माथि उठेर विषयको गहिराइमा पुगेर छलफल गरिने हुँदा समितिलाई शितल कोठा पनि भनिन्छ । समितिलाई बेलायती संसदमा Mini Parliament भनिन्छ भने अमेरिकी कंग्रेसमा Parliamentary Workshop भन्ने चलन छ ।

सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० नियम १५४ मा सभामुखले कार्यव्यवस्था परामर्श समितिको परामर्शमा समानुपातिक प्रतिनिधित्वको आधारमा बढीमा ११ जना सदस्य मनोनयन गरी विषयगत समिति गठन गर्ने व्यवस्था गरेको छ । प्रदेश सभाको नियमित कार्यमा सहयोग पुर्‍याउन प्रदेश सभा अन्तर्गत विषयगत समिति र विशेष समिति गठन गर्न सकिने सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० मा उल्लिखित व्यवस्था अनुसार  प्रदेश सरकारलाई प्रदेश सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन प्रदेश सभामा चारवटा विषयगत समिति रहेका छन् जस मध्ये सार्वजनिक लेखा समिति एउटा महत्वपूर्ण विषयगत समिति हो ।

यस समितिको कार्यक्षेत्र देहायबमोजिम रहेको छ:

क) सार्वजनिक लेखा

ख) महालेखापरीक्षकको वार्षिक प्रतिवेदन,

ग) सम्बद्ध विषय तथा निकाय ।

समिति सचिवालय :

सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम १७२ मा समितिको सचिवालय सम्बन्धी व्यवस्था रहेको छ ।  सचिव प्रत्येक समितिको पदेन सचिव हुनेछ । सचिवले आफू मातहतको अधिकृतलाई समितिको सचिव भई काम गर्न तोक्न सक्ने व्यवस्था छ । समितिको सचिवले समितिको कार्य सम्पादनमा सहयोग पुर्‍याउन सम्बन्धित मन्त्रालय वा अन्तर्गतका निकायसँग आवश्यक जानकारी माग गर्न सक्ने व्यवस्था रहेको छ ।

सार्वजनिक लेखा समिति सचिवालयमा कार्यरत कर्मचारीहरुः

क्र.स.

पद

कर्मचारीको नाम, थर

सम्पर्क नं.

इमेल

समिति सचिव

श्री तारा कुमारी जोशी

९८४८७४३५१२


अधिकृत(कम्प्युटर)

श्री प्रेम कटेल

९८४८४९६१००


मा.स.

श्री तिलक देवकोटा

९८६८५५८७४१


का.स.

श्री विक्रम कुँवर

९७४८८८२१९१

 

 

सभापति
मा. अक्कल बहादुर रावल
सभापति
पुरा हेर्नुहोस्
समिति सचिव
तारा कुमारी जोशी
उपसचिव
पुरा हेर्नुहोस्


© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain